punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहनगरलाई ल्यापटप हस्‍तान्‍तरण

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकामा कोभिड(१९ भ्याक्सिनको पूर्व दर्ताका लागि सहज होस् भन्ने उद्देश्यले विभिन्न संस्थाले ल्यापटप र ट्याबलेट हस्तान्तरण गरेका छन् ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्णबहादुर बोहराले स्वास्थ्य मन्त्रालयको समन्वयमा डब्ल्युएचओले १४ थान आईप्याड र युनडीपीले ९ थान ल्यापटप उपमहानगरपालिकालाई हस्तान्तरण गरेको बताए ।

समान हस्तान्तरण गर्दै स्वास्थ्य मन्त्रालयका एकीकृत स्वास्थ्य तथा सुचना ब्यबस्थापन शाखाका प्रमुख अनिल थापाले उक्त सामाग्रीले उपमहानगरपालिकालाई खोप पूर्व दर्ता प्रणालीलाई सहज हुने बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उपमहानगरपालिकाले १९ वटै वडाका खोप लाउन बाकी रहेकाहरूको खोप पूर्व दर्ता प्रक्रियाका लागि प्राप्त सामाग्रीहरूले निकै सहज हुने बताउदै सहयोग गर्ने संस्थालाई धन्यवाद दिए । उनले खोप लाउन छुटेका वडाबासीहरूको घरघरमा पुगेर स्वास्थ्य स्वयंसेवीकाहरुले खोप पूर्व दर्ता गर्ने समेत बताए ।


१८ असोज २०७८, सोमवार १३:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु