punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खप्तडमा छायांकन भएको ‘जीवन फुल्ने मेरो लहरा’ गीत सार्वजनिक(भिडिओसहित)

Chaupati
safha napa

सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा छायांकन भएको ‘जीवन फुल्ने मेरो लहरा’ बोलको गीत सार्वजनिक भएको छ। एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियो शुनिल गिरीको युट्युब च्यालनमा आइतबार सार्वजनिक भएको हो।

गीतमा मोडेल पल शाह र गरिमा शर्माले अभिनय गरेका छन्। राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ।

सो गीतमा गायक गिरी र गायिका डा। त्रिशला गुरुङको स्वर रहेको छ। गीतको शव्द र संगित पनि गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका छन्।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहनु भएका गायक सुनिल गिरी बताए। गायक गिरी १२ जना काठमाडौ‌ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए।


१७ असोज २०७८, आइतवार १८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु