भट्टराई पुनः माओवादीमै सक्रिय
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य उद्धव भट्टराई पुनः माओवादी मै सक्रिय भएका छन् । नेकपा विभाजन पछि माओवादीमा सक्रिय न भएका भट्टराई फेरि सक्रिय भएका हुन।
बिचमा पारिवारिक कारण ले पार्टीमा सक्रिय न देखिन सकेको बताउँदै भट्टराईले अब पार्टीमा सक्रिय हुने बताएका छन् । बिचमा कुनै अरू पार्टीमा न देखिएका भट्टराई लाई एमाले मा लागेको आरोप लागेको थियो।
तर उनी अरू पार्टी का कुनै सङ्गठन मा लागेका थिएनन् ।आज माओवादी केन्द्र का प्रदेश इन्चार्ज खगराज भट्ट , प्रदेश सदस्य रमेश धामी जिल्ला कामिटिका सदस्य हरूसितको भेटमा उनले अब पार्टीमा सक्रिय हुने प्रतिबद्धता गरेका हुन्
१७ असोज २०७८, आइतवार १८:५२ बजे प्रकाशित































