punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चर्चित सञ्चारकर्मी रवि लामिछाने आजबाट सिधा कुरा कार्यक्रम ल्याउँदै !

Chaupati
safha napa

चर्चित सञ्चारकर्मी रवि लामिछानेले आजबाट ग्यालेक्सी फोरके टेलिभिजनमा सिधा कुरा कार्यक्रम सुरु गर्ने भएका छन् । ग्यालेक्सी फोरके टेलिभिजन शुक्रबार देखी शुभारम्भ भएको थियो ।

आइतबार रवि लामिछानेले सामाजिक संजाल मार्फत ग्यालेक्सी फोरके टेलिभिजनमा आइतबार ,मंगलबार र बिहिवार राती ९ बजे सिधा कुरा प्रसारण हुने जानकारी गराएका छन् ।

शुक्रबारदेखि उक्त टेलिभिजनले आफ्नो नियमित प्रसारण शुरु गरेको छ । चर्चित सन्चारकर्मी रवि लामिछाने लगायतले उक्त टेलिभिजन संचालनमा ल्याएका हुन् ।टिभीमा चर्चित रियालीटी शोदेखि समाचार प्रस्तुतिमा नयाँ शैली अपनाउने त्यस अवसरमा जानकारी दिइयो ।

टेलिभिजनका अध्यक्ष जिवी राईले उच्चतम प्रविधिबाट गुणस्तरीय सामग्री प्रस्तुत गर्ने जानकारी दिँदै सञ्चारकर्मीको हित र उनीहरुको सेवा सुविधामा पनि कुनै कन्जुस्याइ नगरिने दावी गरे ।


१७ असोज २०७८, आइतवार १८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु