माओवादी स्थायी समिति बैठक स्थगित
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएइको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो।बैठक बुधबार विहान ११ बजे बस्ने एक स्थायी समिति सदस्यले बताए।
mosमाओवादीले आगामी पुस ११, १२ र १३ गतेका लागि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले बताए।
बैठकमा राष्ट्रिय सम्मेलनको तयारीको मोडलका विषयमा छलफल हुने भएको छ। बैठकमा पार्टीको भेला सम्मेलन,संगठन विस्तार,सदस्यता नविकरण लगायत विषयमा छलफल गरिने उनले बताए।
यस्तै बुधबार मन्त्रिपरिषद् विस्तार हुने भएकाले त्यससम्बन्धी छलफल पनि हुने साहले बताए। पछिल्लो समय माओवादी सामान्य विषयमा निर्णय गर्दापनि स्थायी कमिटी बैठक बोलाएर छलफल गर्दै आएको छ।
१२ असोज २०७८, मंगलवार १४:२० बजे प्रकाशित































