punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भजनी नगरपालिकामा चरम लापरबाही : बाढ्ने औषधी थन्काएर फालिँदै !

Chaupati
safha napa

गत वर्ष कोरोना सङ्क्रमण उत्कर्षमा पुगेका बेला सबै जसो अस्पतालले अक्सिजन को अभाव त झेले नै , तर त्यति बेला अत्यावश्यक औषधिको पनि अभाव हुन थालिसकेको थियो । प्रदेशकै रेफरल अस्पताल रहेको अस्थायी राजधानी धनगढीमा समेत झन्डै अत्यावश्यक औषधिको आपूर्ति कम भएका समाचार बाहिरिएका थिए ।

तर यता भजनी नगरपालिका ले भने त्यति बेलाकै मौज्दात रहेको औषधि नष्ट गर्न थालेको छ ।नगरपालिकाले स्टोर गरेर राखेको लाखौँको औषधि कुनै मिति नाघेको छ भने कुनै ओसिलो ठाउँमा राखिएकाले ओसका कारण बिग्रिएको पाइएको हो ।

मिति नाघेका तथा बिग्रिएका इसेन्सियल ड्रग लिस्ट भित्र पर्ने औषधि जीवनजल लगायत जिङ्क चक्की ,सिरिन्ज तथा कालामाइन्डोसन लगायत लाखौँ मूल्य बराबरका औषधी जलाउन थालिएको हो । तत्कालीन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक को लापरबाहीकै कारण उक्त औषधि नष्ट गर्नु परेको स्वास्थ्य शाखा संयोजक कैलाश चौधरिले बताए ।

आफू लाई केही महिना अघि मात्रै स्वास्थ्य शाखाको संयोजकको जिम्मेवारी दिएकोले यस अघिका स्वास्थ्य शाखा प्रमुखले आफलाइ औषधि स्टोर गरी राखिएको बारे कुनै जानकारी नै नदिएको बताए ।सामान सहित औषधी को विवरण बुझाउनु त परको कुरा हो , तत्कालीन स्वास्थ्य शाखा संयोजक कृती विष्ट जिम्मेवारी खोसिएपछि कार्यालयमै उपस्थित छैनन् उनले भने ।

अन्य दुई ठाउँमा स्टोर गरेर राखेको औषधि हेर्न बाँकी रहेकाले परिणाम अझै बढ्न सक्ने उनको अनुमान छ । यता तत्कालीन स्वास्थ्य शाखा प्रमुख कृति सिंह विक भने औषधि बिग्रिनुमा नगरपालिका पनि दोषी रहेको बताउँछन् । उनले त्यति बेला नगरपालिकाले स्टोर रुम र ¥याक उपलब्ध नगराएकै कारण बाध्य भएर ओसिलो ठाउँमा पनि स्टोर गर्नु परेको बताए ।

जिल्ला जनस्वास्थ्यले अनावश्यक औषधि पनि जानकारी विना नै फिल्ड तिर धकेल्ने गरेको पनि यस्तो समस्या आएको बताइएको छ ।नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले एक्सपाएर हुनै लागेका औषधि फिल्डमा पठाइने गर्नु जिल्ला जनस्वास्थ्यको पनि कमजोरी रहेको बताए ।

यद्यपि उनले नरपालकामा पनि औषधि व्यवस्थापनमा केही कमजोरी नै भएको स्वीकार गरे । “ जिल्ला जनस्वास्थ्यले मिति नाघ्नै लागेका औषधि फिल्ड तिर धकेल्ने गरेको छ , केही कमजोरी नगरपालिकाको व्यवस्थापनमा पनि भयो आगामी दिनमा यस्ता कमजोरी सुधारिने छन्”उनले भने ।

पछिल्लो समय नगर पालिकाका हरेक वडाहरूमा स्वास्थ्य इकाईहरू छन् । त्यहाँका जनताले जीवन जल देखि , सिटामोल पैसा खर्चेर किन्नु पर्ने बाध्यता छ । तर यता नगरपालिकाले भने नागरिकको स्वास्थ्य माथि नै खेल्ने गरेर लाखौँको औषधि नष्ट गर्न थालेको छ ।


१२ असोज २०७८, मंगलवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु