सुदूरपश्चिमको समृद्धिसँग जोडिएका योजनाको काम अघि बढ्छ : काँग्रेस नेतृ राणा
नेपाली काग्रेंसकी नेतृ डाक्टर आर्जूँ राणा देउवाले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका योजनाहरू अगाडी बढ्ने बताएकी छिन् । डोटीका विभिन्न वर्गहरूसँग गरिएको छलफलमा यो प्रदेशको समृद्धिका आधार मानिएका योजनाहरू अगाडी बढाउने बताएकी हुन् ।
छलफल कार्यक्रममा गेटा मेडिकल कलेज, गौरीफन्टा नाकाको स्तरोन्नति, गेटा विमानस्थलको स्तरोन्नति, फास्ट ट्रयाक निर्माणको काम अगाडी बढाउन र पश्चिम सेती निर्माणको काम अगाडी बढाउन पहल गर्ने बत्ताइन् ।
गेटा मेडिकल कलेज सञ्चालनको लागि समिति बनेकोमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा यस क्षेत्रका केही चिकित्सकहरू थप गर्नका लागि माग गरेको बत्ताइन् । यसको सञ्चालनका लागि आफू पनि चिन्तित रहेको भन्दै उनले मेडिकल कलेज सञ्चालनका लागि लागिरहेको र चाडै पठनपाठनको काम अगाडी बढाउन पहल गर्ने बत्ताइन् ।
उनले महिला तथा बालबालिकाहरूका लागि विशेषज्ञ अस्पताल सञ्चालन तर्फ पनि लागिरहेको दाबी गर्दै ५० जना अटाउने महिला छात्रावास आफ्नो तर्फबाट निर्माण गर्ने घोषणा गरिन् ।
यस्तै धनगढी–दिपायल फास्ट ट्रयाकको गति सुस्त रहेकोले यसलाई अगाडी बढाउन पहल भइरहेको बत्ताइन् । अहिले सुदूरपश्चिमकै प्रधानमन्त्री रहनुभएकोले सुदूरपश्चिमको समृद्धिका लागि फास्ट ट्रयाक निर्माणलाई गति लिने गरी काम गरिने बताइन् ।
गौरीफन्टा नाकाको स्तरोन्नति र वर्तमान प्रशासनिक कठिनाइ समाधान गर्न पनि पहल गर्ने बत्ताइन् । उनले हाल गौरीफन्टा नाका कञ्चनपुरको क्षेत्रमा पर्दा भइरहेको प्रशासनिक जटिलतालाई समाधान गर्न लाग्ने बत्ताइन् ।
गेटा विमानस्थलको स्तरोन्नतिलाई अगाडी बढाउन पनि पहल गर्ने उनले बत्ताइन् । जग्गा अधिग्रहण गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि प्रक्रिया समेत अगाडी बढाइएको नेतृ देउवाको दाबी छ ।
१९ भदौ २०७८, शनिवार १८:३६ बजे प्रकाशित































