punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माछाले टोकेर एकको मृत्यु

Chaupati
safha napa

दाङको लमहीमा अढाई जातको माछाले टोक्दा एकजनाको मृत्यु भएको छ ।लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टोकेरे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

 


१९ भदौ २०७८, शनिवार १९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु