नदीले बगाउँदा एक जनाकाे ज्यान गयाे
दाङमा बबई नदीले बगाउँदा एक जनाको ज्यान गएको छ । आज बिहान १० बजेतिर दंगीशरण गाउँपालिका १ बाँकी गाउँका ५० वर्षीय वामदेव देवकोटालाई बबई नदीले बगाएको हो ।
स्थानीयवासी ९० वर्षीय दिलबहादुर रानाको मलामी गएको अवस्थामा नुहाउने बेला देवकोटाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
देवकोटालाई नदीले पाँच सय मिटर बगाएर दंगीशरण गाउँपालिका ४ बैवाङमा पुर्याएको प्रहरीले बताएको छ । साथै उहाँको शवलाई स्थानीयवासीले फेला पारि नदी बाहिर निकालेको प्रहरीले जनाएको छ ।
११ भदौ २०७८, शुक्रवार १८:३८ बजे प्रकाशित































