punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसमा कुन तहको उम्मेदवार हुन कति शुल्क ?

Chaupati
safha napa

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ।

कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय र केन्द्रीय सभापतिका उम्मेदवारले सबैभन्दा धेरै ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ।

यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीको उम्मेदवार बन्नका लागि २५ हजार र सहमहामन्त्रीका लागि २० हजार रुपैँया शुल्क तिर्नु पर्नेछ। केन्द्रीय सदस्य पदको निर्वाचनमा भाग लिन १० हजार रुपैयाँ शुल्क तोकिएको छ।

यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रुपैयाँ शुल्क लाग्ने निर्वाचन निर्देशिकामा उल्लेख छ।

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तोकिएको छ भने जिल्ला कार्यसमितिको सभापतिको उम्मेदवार बन्न १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क तोकिएको छ।

वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रुपैयाँ शुल्क तोकिएको हो।

गाउँपालिका कार्यसमितिका लागि सभापति निर्वाचनमा भाग लिनेले दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शुल्क लाग्नेछ।

नगर सभापतिको उम्मेदवार हुन चार हजार, उपसभापति र सचिवका लागि तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यका लागि एक हजार शुल्क तोकिएको छ। यस्तै महानगरपालिका र उपमहानगर भित्रका सभापति पदको निर्वाचनका लागि पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार र सदस्यलाई दुई हजार शुल्क तोकिएको छ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्ने भएको छ।


११ भदौ २०७८, शुक्रवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु