punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारमा जाने एकीकृत समाजवादीको निर्णय, मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

तर मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको छ । ‘सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ एक नेताले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । २ भदौमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौं । मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ,’ ती नेताले भने । तर कुन–कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।

सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने भद्र सहमति भएको छ । मन्त्री संख्या भने टुंगिन बाँकी छ ।


११ भदौ २०७८, शुक्रवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु