कैलालीमा एक महिला मृत फेला
कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका–५ सरैयाकी (बेलुवापुर) की ५५ बर्सिया हिरादेवी साउद बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ।
साउदको शव सोही ठाउँको कान्द्रा नदीमा ढलेको रूख हाँगामा घोप्टो परि अड्किएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए।
शवको सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमपश्चात् उनका श्रीमानले दाहसंस्कारका लागि लगिसकेको उनले बताए।
३ भदौ २०७८, बिहीवार १८:४० बजे प्रकाशित































