punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल फोटोग्राफर्स एसोसिएसन धनगढीद्धारा दृष्टी फाउण्डेसनलाई सहयोग

Chaupati
safha napa

नेपाल फोटोग्राफर्स एशोसिएसन धनगढी उपसमितिले फोटोग्राफर्स दिवसको अवसरमा दृष्टी फाउण्डेसनलाई निर्माण तथा सरसफाइ सामग्री सहयोग गरेको छ । १ सय ८२ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा उपसमितिले फाउण्डेसनलाई सिमेन्ट तथा सरसफाइका लागि आवश्यक सामाग्री वितरण गरेको हो ।

धनगढी उपमहानगरपालिका –७ मा रहेको अनाथ एवम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण गर्दै आएको दृष्टी फाउण्डेसनलाई निर्माण सामाग्री सहयोग गरेको नेपाल फोटोग्राफर्स एशोसियसन धनगढी उपसमिति संयोजक टोपप्रसाद आचार्यले बताए ।

यस्तै दिवसको अवसरमा क्याम्पस चोकमा पाँच सय पिस मास्क वितरण गरिएको उनले जानकारी दिए ।कार्यक्रममा धनगढी उपसमितिका संयोजक तथा धनगढी उपमहानगरपालिका भित्र रहेका बिभिन्न फोटो स्टूडियोका संचालकहरुको सहभागीता रहेको थियो ।

 

 


३ भदौ २०७८, बिहीवार १९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु