punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

द्रुतमार्गको प्रगतिबारे रक्षा सचिवले लिए जानकारी

Chaupati
safha napa

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रगतिबारे नेपाली सेनासँग जानकारी लिएका छन्।कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र रक्षा सचिव पौड्यालबीच जंगी अड्डामा बिहीबार भेटवार्ता भएको जंगी अड्डाले जनाएको छ।

भेटवार्ता पश्चात जंगी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयहरुबाट रक्षा सचिव समक्ष द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्वारा सञ्चालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेनासम्बन्धी विविध पक्षहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त अवसरमा रक्षा मन्त्रालयका सह–सचिवहरु तथा नेपाली सेनाका रथीबृन्दहरुको समेत उपस्थिति रहेको सेनाले जनाएको छ।


३ भदौ २०७८, बिहीवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु