punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीका जिल्ला समितिहरू खारेज

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र)ले आफ्नो जिल्ला समितिहरू खारेज गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

अहिलेसम्मका जिल्ला समितिहरू खारेज गरिएको छ। अब जिल्ला समन्वय समितिहरू रहनेछन्, उनले भने।महत्त्वपूर्ण निर्णयहरु लिँदै र निष्कर्ष निकाल्दै बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।

प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यस्तै, त्यस्तै विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ।बैठकले केही समसामयिक प्रस्तावहरु पनि पारित गरेको प्रवक्ता श्रेष्ठले बताए।

 


३१ साउन २०७८, आइतवार १८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु