पक्कि घर पाएपछि मक्ख भए आउजी दम्पती
कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरको नदी किनारमा त्रिपालमुनि बास बस्दै आएका गिरि आउजीका दम्पती अहिले टिनले छाएको पक्की घरमा बस्न पाएपछि दङ्ग छन् ।
भएको घर जग्गा नदीले बगाएर घरबार विहीन भएका रामपुरका आउजीलाई एन आर एन स्विजरल्याण्डका अध्यक्ष शुभा एल्मर लामाको पहलमा स्विस नागरिक पिटर गुटर्हेजले आफ्नी दिवङ्गत श्रीमती उर्सुला गुटर्हेजको सम्झनामा बनाइदिए पछि आउजी दम्पतीमा खुसीयाली छाएको हो ।
आउजी दम्पतीका लागि निर्माण गरिएको पक्कि घरमा २ कोठा, भान्सा, बरण्डा र १ शौचालय बनाइएको छ ।आइतबार घर निर्माणमा सक्रिय सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्रको उपस्थितिमा घोडाघोडी नगरपालिकाको न्यायिक समिति सदस्य पूजा न्यौपानेले हस्तान्तरण गरेपछि उनीहरु उत्साहित भएका थिए ।
आफूहरूको पक्की घरमा बस्न पाउने कुरा कल्पना बाहिरको कुरा रहेको तर आज त्यो पनि पूरा भएको गिरि आउँजीले बताए ।
३१ साउन २०७८, आइतवार १९:०० बजे प्रकाशित































