punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा नाबालकको हत्या उनकै दिदीले गरेको देखियो : प्रहरी

Chaupati
safha napa

धनगढी । कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक बिष्टको हत्या आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ। उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई युवतीलाई पक्राउ गरिएको जानकारी दिइएको हो।

प्रहरीका अनुसार ति युवतीले पारिवारिक रिसिबीका कारण हत्याको योजना बनाएकी थिइन्। सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो।

अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

No description available.

No description available.


२४ असार २०७८, बिहीवार १५:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु