भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

लगातारको झरीले बाढीपहिरोका घटना बढिरहेका बेला मौसम पूर्वानुमान महाशाखाले मौसममा तत्काल सुधार नहुने जनाएको छ।  विशेष बुलेटिन जारी महाशाखाले देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ।

आगामी हप्तासम्म नै मनसुन सक्रिय रहने र धेरै  स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

‘पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा भनेको छ।

शुक्रबार दिउँसो प्रदेश १,  बागमती र गण्डकी भारी वर्षाको सम्भावना भारी वर्षाको आँकलन गरिएको छ।

राति पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

शनिबार धेरै स्थानमा पानी पर्नेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ  भने प्रदेश १, बागमती र सुदूरपश्चिमकाएक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।


२५ असार २०७८, शुक्रवार ०८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु