वनमन्त्री आलेसहित ३ मन्त्री सरकारबाट आउट
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने भए पछि एमालेका तीन मन्त्रीहरु सरकारबाट आउट भएका छ्न ।
महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सम्हाल्दै आएका मन्त्रालयहरु अब जसपाबाट मन्त्री बन्नेहरुले कमान्ड सम्हाल्ने भएका हुन् ।
उनीहरुको ठाउँमा चन्दा चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, एकबाल मियाले आलेले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय, र लक्ष्मणलाल कर्णले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने छन् ।
२१ जेठ २०७८, शुक्रवार १८:५३ बजे प्रकाशित































