punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपप्रधानमन्त्रीसहित सरकारमा जसपा सामेल

Chaupati
safha napa

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ । शुक्रबार भएको सहमतिअनुसार राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।

स्रोतका अनुसार शरतसिहं भण्डारी ऊर्जा, जलस्रोत तथा सिचाँइमन्त्री बन्ने भएका छन् । अनिल झाले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने भएका छन् । विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् ।

उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्रालय, लक्ष्मणलाल कर्ण भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बन्ने भएका छन् । चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्ने भएकी छन् । एकबाल मियाँ वन तथा वातावरण मन्त्री, चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बन्ने बताइएको छ ।

स्रोतका अनुसार यी नामहरुमा केही हेरफेर हुन सक्ने बताइएको छ ।

 


२१ जेठ २०७८, शुक्रवार १८:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु