चरेश सहित बैतडीमा दुई जना पक्राउ
चरेश सहित बैतडीमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। जिल्लाकाे सुर्नया गाउँपालिका – ५ का अन्दाजी ३० बर्षीय सुरेश बिष्ट र सोही ठाउँका अन्दाजी २५ बर्षीय प्रकाश बिष्टलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनीहरुलाई सु.प.प्र. ४००१ प ००१५ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका बेला रौलेश्वर प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा झोलामा ७ सय ग्राम चरेश भेटिएको बैतडी प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
१ जेठ २०७८, शनिवार १७:३५ बजे प्रकाशित































