म निशब्द छु कोरोना
रामलक्ष्मण विष्ट
खानु र सुत्नुबाहेक अरु केही नगर भन्छ, यो कोरोना
बाँचे बाँच मरे मर भन्छ, यो कोरोना
नेताहरुलाई कुर्चि लुछाचुँड गर ।
म जहाँ अक्सिजन छैन, जहाँ बेड नै छैन
त्यही त्यहीँ घुमीघुमी लड्छु भन्छ, यो कोरोना ।
नसरेकाहरुलाई सराउँछु,
नमरेकालाई मराउँछु, भन्छ कोरोना ।
मन्त्रीहरूलाई घरमै बस,
आफ्ना परिवारको सुरक्षा गर
महँगा र चिप्ला चिल्ला गाडीको अपुग भए
हस्पिटलका एम्बुलेन्स लैजाऊ
घरमा दानापानी ओसारपसार गर भन्छ कोरोना ।
भएभरका सिलिन्डर ओखती स्टोक गरेर
आसेपासेका घरमा पठाउ
नसके लुकाई राख भन्छ, कोरोना !
भोट माग्न तिमी जनताका घरदैलो
टोल–टोल, गाउँ–गाउँ, शहर–शहर
पस्थ्यौ झुपरीसम्म छोडेनौँ
त्यसरी म जान्छु, म बस्छु, म पस्छु
तिमी आफ्नो घरमै बस मन्त्री ज्यू, भन्छ कोरोना !
घरमा पस्यौ टोलमा पस्यौ
शहरमा बस्यौ ।
चट्याङ भै कालजनको
मुटु भित्रै धस्यौ
बच्चा देखि बुढासम्म
डराउँने रोग भयो
नओखती आजसम्म
यति ठूलो रोग भयो ।
चिन्ता लाग्छ हर कसैलाई
संसार छोड्छु भन्ने
संसार रोयो आफ्नो खोयो
भन को नै हाँस्यो ?
को हो यसको रचयीता
मान्छे होकि दैव ?
बुझ्नै गाह्रो हरे राम
चिन्ता सदैव ।
घरमा बस्यौ
टोलमा पस्यौ
सहरमा पस्यौ ।।
१ जेठ २०७८, शनिवार १८:०३ बजे प्रकाशित































