punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु, ५५५ संक्रमित थपिए

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी १० कै ६४ वर्षीय पुरुष, गोदावरी १ कका ४१ वर्षीय पुरुष र बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५५५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। जम्मा ८३५ नमूना परीक्षण गर्दा ५५५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै २७२ जना रहेका छन्।

यस्तै धनगढीबाहेक कैलालीका २६३ जना र अन्य जिल्लाका २० जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

हाल अस्पतालमा १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये १ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, ९० जना अक्सिजन सपोर्टमा उपचाररत छन्। अस्पतालमा थप १६ जना भर्ना भएका छन् । सो अवधिमा कोही पनि डिस्चार्ज भएका छैनन् ।


१ जेठ २०७८, शनिवार १६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु