भुल एकता समाजद्वारा टीकापुर अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग
भुल एकता समाजले कैलालीको टिकापुर अस्पताललाई २५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।
कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई मध्यनजर गर्दै प्रवासमा सहयोग संकलन गरेर अस्पताललाई सिलिन्डर हस्तान्तरण गरिएको भुल एकता समाजले जनाएको छ ।
भुल एकता समाजमा आबद्ध भई भारतमा रहेका नेपालीहरुको सहयोग र नेपालमा रहेका व्यक्तिहरुको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिन्डर हस्तारन्तरण गरिएको भुल एकता समाजका पदम भुलले जानकारी दिए । उनले अन्य ठाउँका लागि पनि सहयोग जुटाउने काम भइरहेको बताए ।
१ जेठ २०७८, शनिवार १५:५९ बजे प्रकाशित































