punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गैरआवासीय नेपालीले ५६० थान अक्सिजन सिलिण्डर पठाउँदै

Chaupati
safha napa

नेपालमा कोरोना संक्रमितका लागि अक्सिजन अभावको समस्यालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ, मध्यपूर्व संयोजन समितिले आज ५६० थान अक्सिजन  सिलिण्डर पठाउँदैछन् ।

‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ भन्ने नारासहित गैरआवासीय नेपालीले सहयोग संकलन गरेर अक्सिजन  सिलिण्डर आज नेपाल पठाउन लागेका हुन् ।

अभियान अन्तर्गत कतारबाट मात्र पछिल्लो तीनदिनमा १७८ थान सिलिण्डरको मूल्य बराबरको रकम र नगद प्रतिवद्वताको रकम २६ हजार २ सय ३५ कतारी रियाल गरी कुल १ लाख, ४ हजार, २ सय कतारी रियाल भन्दा बढी उठेको छ।

अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानका मध्यपूर्व संयोजक समेत रहेका गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले दिएको जानकारी अनुसार १ थान अक्सिजन सिलिन्डरको मूल्य नेपाल पुग्दासम्म १२० अमेरिकी डलर बराबर पर्ने र सोही अनुसार सहयोग जुटाउन उनले अपील गरे बमोजिम कतारबाट मात्र उक्त रकम संकलन भएको हो।

सुरुमा ६०० सिलिन्डर नेपाल पठाउने भनिएको भएपनि शनिबार उडानबाट कुल ५६० थान सिलिन्डर नेपाल पुग्ने सचिव शर्माले जनाकारी दिएका छन्। ‘हामीले आजको उडानबाट ५६० थान सिलिन्डर नेपाल पठाउँदै छौं,’ उनले भने, ‘नेपालको समय अनुसार आज साँझ ०६ः४० मा काठमाण्डौमा अवतरण हुँदैछ।’

गत विहीबार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद कतारद्वारा भर्चुअल मार्फत आयोजना गरिएको ‘ईद मिलन’ कार्यक्रममा कतारमा स्थापित संघ संस्थाहरुलाई एनसीसीका कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमान र आईसीसी सचिव आरके शर्माले सहयोग जुटाउन सामुहिक  अपील गरेका थिए।

हालसम्म करीव ५० भन्दा बढी संघ संस्थाहरु, व्यबसायिहरु, बुद्विजिवीहरुको सहभागिताबाट उक्त सहयोग जुटेको र अझैं सहयोग जुट्ने क्रम जारी रहेको एनसीसी कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमानले जानकारी दिएका छन्।


१ जेठ २०७८, शनिवार १५:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु