बेहडाबाबामा जेष्ठ नागरिक मिलन भवनको शिलन्यास
आईतबार धनगढी उप–महानगरपालिका वडा नं १६ को बेहडाबाबामा जेष्ठ नागरिक मिलन भवनको शिलन्यास गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले शिलन्यास गरेका हुन । भवन धनगढी उप–महानगरपालिकाको लगानीमा निर्माण हुन थालेको हो । भवनको शिलन्यास गर्दै नगरप्रमुख वडले भवन निर्माण भएपछि जेष्ठ नागरिकहरुलाई भेटघाट, छलफल गर्न सजिलो हुने बताए ।
नगरप्रमुख वडलेका अनुसार जेष्ठ नागरिक मिलन भवनलाई जेष्ठ नागरिकहरुको गफगाफ गर्ने, भेटघाट गर्ने ठाउँको रुपमा विकास गरिने छ ।
धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जिनियर डिजराज भट्टका अनुसार भवनमा धनगढी उप–महानगरपालिकाको २० लाख लगानी भैरहेको छ । त्यसको १० प्रतिशत स्थानीयको योगदान हुने उनले बताए । जेष्ठ नागरिक मिलन भवन बेहडाबाबा धामको नजिकै भएकाले मन्दिरको दर्शन गर्नका लागि आउने जेष्ठ नागरिकहरुलाई समेत राहत पुग्ने ईन्जिनियर भट्टले बताए ।
१२ वैशाख २०७८, आइतवार १४:५३ बजे प्रकाशित













