कैलालीमा महिला बलात्कार गर्ने ४६ वर्षीय पुरुष पक्राउ
कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ झुङ्गा टोल बस्ने ४६ वर्षीय राम बहादुर चौधरीले ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराए ।
१२ वैशाख २०७८, आइतवार १४:३१ बजे प्रकाशित













