punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा आगलागीबाट एक घर जलेर नष्ट

Chaupati
safha napa

धनगढीमा एक घरमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १५ झिनवा, कटानका प्रेम पातलीको दुईतले काठको घरमा आगलागी भएको छ। भान्सामा बालिएको आगोबाट अचानक आगलागी भएको बताइएको छ।

घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने गोठमा समेत आगलागी हुँदा एउटा बाख्रा मरेको र एउटा भैँसी, एउटा गाई र अर्को एउटा बाख्राको आधा शरीर जलेको प्रहरीले बताए । आइतबार भएको आगलागी दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।


१२ वैशाख २०७८, आइतवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु