punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्यमशिलता विकास सम्बन्धी पाँच दिने तालिम शुरु

Chaupati
safha napa

अछाममा उद्यमशीलता विकाससम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले ५ दिने तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

युएसएडको सहयोग, कर्णाली बेसीन कन्जर्भेशन फाउन्डेसन र अछाम जेसिसको आयोजना तथा बिआईसी नेपालको समन्वयमा सञ्चालन भइरहेको तालिममा २२ जना उद्यमी व्यवसायीको सहभागिता रहेको छ ।

कार्यक्रमले उद्यमशिलता विकासमा जोड दिएको अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले जानकारी गराए । मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराका अनुसार हरेक व्यक्तिले केही न केही उद्यम गरेर आय आर्जन गर्नुपर्नेमा जोड छ ।

बिजनेस इन्क्युवेशन एन्ड एक्सीलेरेशन प्रोग्राम अन्तर्गत शुरु गरिएको तालिममा पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले युवाहरूलाई आफ्नो रुचि र चाहना अनुसार उद्यममा अग्रसर हुन आग्रह गरे ।

कार्यक्रममा आयोजक कर्णाली बेसिन कन्जर्भेशन फाउन्डेसनका अध्यक्ष गौरव देवकोटा, अछाम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल लगायतको उपस्थिती रहेको थियो ।


९ वैशाख २०७८, बिहीवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु