कोरोना सङ्क्रमणबाट अछाममा एक जनाको मृत्यु
फाइल फोटो
अछाममा कोरोना संक्रमणबाट अछाममा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो । उनी एक महिना अघि भारतको गुजरातबाट आएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा आएका उनीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल अस्पतालका प्रमुख अतुल भारद्धावाजले जानकारी दिए ।
९ वैशाख २०७८, बिहीवार १३:१६ बजे प्रकाशित































