punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

Chaupati
safha napa

नेपाल सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार विहान प्रधानमन्त्री ओलीको बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

‘केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वन गर्नुपर्ने भएकाले चालु अधिवशने अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको गरेको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो।

त्यसअघि नै प्रि–बजेटमाथि छलफल र नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएकाले केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वान गर्नु पर्ने भएकाले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो।


६ वैशाख २०७८, सोमवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु