punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वमन्त्री सुवालको निधन

Chaupati
safha napa

पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ। उनको आइतबार बेलुकी काठमाडौंको झोछेँस्थित निवासमा ९३ वर्ष उमेरमा निधन भएको हो।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरूमध्ये एक सुवाल लामो समय नेपाली कांग्रेसमा रही राजनीतिमा सक्रिय थिए। पञ्चायत कालमा स्नातकहरूमध्येबाट सांसद चुनिएका थिए। उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर पनि हुन्। उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए।

सुवालका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ।


६ वैशाख २०७८, सोमवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु