punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको जेसिस एभरेष्ट विद्यालय बैशाख १० गतेसम्म बन्द

Chaupati
safha napa

धनगढीको जेसिस एभरेष्ट बैशाख १० गतेसम्म विद्यालय बन्द गरेको छ।
कोरोना भाइरसको महामारी बढ्दै गइरहेको अवस्थामा विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह अनुसार बैशाख १० गतेसम्म विद्यालय बन्द गरिएको जेसिस एभरेष्टका भाइस प्रिन्सीपल दिपक साउदले जानकारी गराए।

अहिलेलाई एक हप्ताको लागि विद्यालय तहका १० सम्मका कक्षा सञ्चालन नहुने तर कक्षा ११ र १२ को पठनपाठन भने नियमित हुने जेसिस एभरेष्टका भाइस प्रिन्सीपल साउदले बताए।

यसअघि विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि ऐश्वर्य विद्या निकेतनले १ हप्तासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।


६ वैशाख २०७८, सोमवार १०:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु