देशभर पछिल्लो २४ घण्टामा चट्याङ लागेर ३ जनाको मृत्यु, ४ जना घाइते

देशभर पछिल्लो २४ घण्टामा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण प्राधिकरणका अनुसार भोजपुर, तेह्रथुम र बाग्लुङमा एक ÷ एक जनाको मृत्यु भएको हो।

भोजपुरको षडानन्द नगरपालिका – ८ मा घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर ६० वर्षीय महिलाको मृत्यु भएको छ। तेह्रथुममा दुई जना तथा ताप्लेजुङ र बाग्लुङमा एक एक जना घाइते भएका छन्।

तेह्रथुमको छथर गाउँपालिका – ६ स्थित घरमा बसिरहेकी ९ वर्षीया बालिकाको पनि चट्याङ लागेर मृत्यु भएको छ। बाग्लुङको ताराखोला गाउँपालिका –२ सिलेमा गोठमा गइरहेको अवस्थामा चट्याङ लागेर ४५ वर्षीय पुरुषको मृत्यु भएका प्राधिकरणले जनाएको छ।


३ वैशाख २०७८, शुक्रवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु