देशभर पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तैगरी एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


३ वैशाख २०७८, शुक्रवार १७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु