अहिलेको लडाई पदको लागि नभएर सिद्धान्त र निष्ठाको लागि हो : नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको लडाई पदको लागि नभएर सिद्धान्त र निष्ठाको लागि भएको बताएका छन् । अहिले पार्टीभित्र यस्तो आउँनुमा एक मात्र जिम्मेवार अध्यक्ष केपी शर्मा ओली रहेको उनले बताएका हुन ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आज र भोलि हुने राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो भनेका हुन् ।
उनकाअनुसार नेकपा हुँदा चर्चामा रहेको साइबर स्यालहरु अहिले एमाले भएपछि पनि रहेको भन्दै फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप पनि उनले लगाए ।
अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको उनले बताए ।
४ चैत २०७७, बुधवार १५:२० बजे प्रकाशित































