punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

Chaupati
safha napa

नेकपा एमाले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता यामलाल कँडेलका अनुसार बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको उनले बताए ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी रहेका थिए ।


४ चैत २०७७, बुधवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु