पीडित पीडित एक ठाउँमा भयौं : नेता नेपाल
नेकपा एमालेको ‘माधव–खनाल’ पक्षका नेता माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षबाट पीडित भएका कार्यकर्ता र पीडित भएका नेताहरूबीचको भेला भएको बताउनु भयो ।
ओलीलाई गुटबन्दी गर्ने नेता भएको पनि उनले आरोप लगाएका हुन । “गुटको सुरुवात उहाँले मदन भण्डारी फाउण्डनेसनको नामबाट गर्नु भएको उनले बताए । तपाईंहरू पनि पीडित हुनुभयो। हामी पनि पीडित। पीडित पीडित एक ठाउँमा छौं र सबैको पीडा र वेदना एउटै छ, त्यो विधि विधान मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार सहनुपर्ने नेता नेपालले बताए।
त्यसो हुनाले नेताहरू पदका लागि हानाथापमा परेका छैनन् भन्ने कार्यकर्ताहरूलाई पनि थाहा भएको उनले बताए । पार्टी संकटकालीन स्थितिमा आउनुको पछि जिम्मेवार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली रहेको उनले आरोप लगाए।
त्यसका लागि तथ्य र प्रमाणहरू पर्याप्त भएको उनको दाबी छ। हाल पार्टीमा पदको नभइ पार्टीको सिद्धान्त, नीति, विधि, पाटी निर्माण, विचार, उदेश्य, लक्ष्य आदिसँग जोडिएको लडाइँ भइरहेको उनले बताए।
४ चैत २०७७, बुधवार १४:३० बजे प्रकाशित































