सुनको मूल्य घट्यो, बजारमा कति छ मूल्य ?
सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले घट्को छ ।
मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको भाउ तोलाको ८६ हजार २ सय रुपैयाँ र तेजाबी सुन तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ थियो ।
२५ फागुन २०७७, मंगलवार १२:०० बजे प्रकाशित































