punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कानून सबै र सधैको भाषा बन्नुपर्छ भन्दै प्यारालिगलद्वारा शपथ

Chaupati
safha napa

नेपालमा साुमदायिक प्यारालिगलिज्म प्रवद्र्धनका लागि अभियान (सिपिसिपिएन) र मर्निङ् बेल मिडिया हाउसले संयुक्त रुपमा प्यारालिगलका लागि अभिमूखिकरण तथा शपथ ग्रहण कार्यक्रमको आयोजना गरेका छन् । प्यारालिगलहरुलाई प्यारालिगल आचारसंहिता र नैतिक मूल्य र मान्यताका बारेमा सचेत गराउने उद्देश्यले कैलालीको लम्कीमा उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए ।

अभिमूखिकरण कार्यक्रमको भेलालाई सम्बोधन गर्दै भनें सिपिसिपिएनका अध्यक्ष प्रभाकर बागचन्दले प्यारालिगलहरुमा उच्चस्तरको आचार विचार र मानविय सम्वेदना हुनुपर्छ । प्यारालिगलको गौरवमय ईतिहास र परम्परालाई कायम राख्न प्यारालिगलले काम गर्नु पर्ने उनले बताए । उनले भने कानून सबै र सधैको भाषा हुनु पर्छ । मर्निङ् बेल मिडिया हाउसकी प्रमुख तथा प्यारालिगलिज्म अभियन्ता रमा भट्टराईले धेरै महिलालाई कानून विभेदकारी भएको महशुस छैन । हामीले धेरै भन्दा धेरै महिलालाई कानूनको जानकारी दिनु पर्छ । हामीलाई महिला प्यारालिगलको आवश्यकता भएको उनले भनिन् ।

सोही अवसरमा मनोसामाजिक, परामर्शदाता राजकुमार जैरुले भनें अधिकांश महिलाहरुका लागि काम गर्ने वातावरण प्रतिकुल हुने गरेको हुँदा घरपरिवार र छिमेकमा सहज वातावरण बनाउनु पर्छ ताकि महिलाहरुले मनका कुरा बोल्न सकुन । अभिमूखिकरण कार्यक्रममा शपथ लिंदै प्यारालिगल वन्दना पहाडीले प्यारालिगल हुन पाउँदा आफ्नो जीवनले लक्ष्य पाएको र जीवन अर्थपूण भएको बताइन । सो कार्यक्रममा प्यारालिगल कृष्ण देव भट्ट र पार्वती नाथले पनि मन्तव्य राखेका थिए ।

एक दिने अभिमूखिकरण कार्यक्रमको सहजीकरण सिपिसिपिएनका सचिव दिनेश नेपालीले गरेका थिए ।


१५ फागुन २०७७, शनिवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु