punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री केपी शर्मा ओली ससकुनीको भूमिकामा छन् : प्रचण्ड

Chaupati
safha napa

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् ।

शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका खेलेका थिए ।

सकुनीलाई छलकपट र अन्यायका प्रतीकका रुपमा चिनिन्छ ।
विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले पूर्वसहकर्मी एवं प्रधानमन्त्री ओलीलाई सकुनीसँग तुलना गरे ।

उनले आफूहरु नै आधिकारिक पार्टी भएको भन्दै जनतालाई प्रष्ट पार्न पार्टीनिकट शिक्षकहरुलाई आग्रह गरे । त्यसको शर्त पहिले शिक्षकहरु नै प्रष्ट हुनुपर्ने भन्दै उनले भने, ‘तपाईहरुलाई पनि डर लाग्छ होला, माओवादी नै भइयो कि क्या हो ? प्रचण्डको कार्यकर्ता भइसकियो त ? एमाले त केपी ओली भन्छन् भनेर तपाई धरमराउनुभयो भने यता माओवादीमा बल्ल माधवको फेला परयो, थाहा पाउँछन् नि केही दिनपछि‍… यस्तो पारिदिन सिपालु छन् केपी ।’

यद्यपि पहिलो ब्याटल आफूहरुले जितेको उनले सुनाए । संसद पुनर्स्थापनाकाे ब्याटल सडकबाट जितेको र न्यायालयले पनि आफूहरुलाई न्याय दिएको प्रचण्डले बताए ।

 


१५ फागुन २०७७, शनिवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु