कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ
कञ्चनपुरमा लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको वेदकोट नगरपालिका–१० बस्ने २३ वर्षीय पुष्पमणी थापा र ३० वर्षीय महेश बिष्टलाई लागु औषधसहित प्रहरीले
पक्राउ गरेको हाे ।
दोधाराचाँदनी झोलुङ पुलबाट महेन्द्रनगरतर्फ आउने क्रममा से २ प ३० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २ दशमलव ४७ ग्राम खैरो हिरोईन र १ दशमलव १४ ग्राम चरेश सहित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी गराए।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
१४ फागुन २०७७, शुक्रवार ०७:३३ बजे प्रकाशित































