करिव ३ बर्षपछि सवारी ज्यान मुद्धामा फरार एकजना पक्राउ
कञ्चनपुरमा सवारी ज्यान मुद्धामा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ७ बस्ने २७ बर्षीय दिपसिंह चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई सवारी ज्यान मुद्धामा अदालतले २०७४ साल चैत्र १२ गतेको ३ महिना कैद र १ हजार जरिवाना फैसला गरेको थियो ।
उनी त्यसपछि फरार रहेका चौधरीलाई उनकै घर ठेगानामा लुकीछिपी बसीरहेको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
९ फागुन २०७७, आइतवार १२:३३ बजे प्रकाशित































