तनहुँ समाज कतारद्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान
दोहा – वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा ६ महिने शिशु जीवन भट्टराईको उपचारका लागी ७५८०० र ( पचहत्तर हजार आठ सय ) रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबिता रसाइलीको उपस्थितिमा पीडित परिवार लाई हस्तान्तरण गरिएको छ ।
प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च रहेको भन्दै उपमेयर रसाइलीले समाज र सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु बिच सामाजिक कार्य गर्दै आएको समाजले सस्थामा कसैको पनि आर्थिक नभएको कारण उपचार बाट बन्चित हुन नपरोस् ।
न्यानो कपडा नभएर चिसो बाट पीडित हुन नपरोस् भन्ने हेतु ले हामी जे जति सकिन्छ एकापसमा मिलेर समाजमा टेवा पुर्याउदै आइरहेको अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले बताउनु भयो ।
समाजले भट्टराईको उपचार सगै गृह जिल्लामा सामाजिक सहयोगको कार्यक्रम अभियानअन्तर्गत यसै साता सबै स्थानिय तहका ७० गरिब तथा बिपन्न परिवारहरुलाई न्यानो सिरक ( ब्लान्केट ) सहयोग समेत हस्तान्तरण गरिसकेको महासचिव मिनराज वाग्ले बताए ।
सिरक बितरण तथा पीडित परिवार लाई आर्थिक सहयोग गर्न समाजका सदस्य गोबिन्द प्रसाद सुवेदी समन्वय गरेका थिए ।
९ फागुन २०७७, आइतवार १२:४१ बजे प्रकाशित































