करिना कपुर दोस्रो पटक छोराको आमा बनिन्

भारतीय चलचित्र उद्योग (बलिउड) अभिनेत्री करिना कपुर पुन: आमा बनेकी छन् । करिनाले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् ।
करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।
करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान उनले शिशुलाई जन्म दिएकी हुन् ।
भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आवतजावत गरिरहेको देखिएका छन् ।
९ फागुन २०७७, आइतवार १२:३१ बजे प्रकाशित