भागरथीको हत्या आरोपमा एक जना पक्राउ
बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका युवक भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट रहेको प्रहरीले जानकारी दिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ की भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।
प्रारम्भिक अनुसन्धान तथा बयानमा पक्राउ परेका ती युवकले बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीले बताए। घटनाको १३औँ दिनमा पक्राउ परेका ती युवकलाई आजै सार्वजनिक गरिने तयारी भएको छ ।
हिरासतमा राखिएका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको जिल्ला प्रहरी कार्यालय बैतडी जनाएको छ ।
५ फागुन २०७७, बुधवार १३:२५ बजे प्रकाशित































