punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भिरबाट खसालेर एक महिलाको हत्या

Chaupati
safha napa

दार्चुलामा भिरबाट खसाली एक जना महिलाको हत्या गरिएकोे छ ।

मंगलबार जिल्लाका नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडामा साँझ ५ बर्ष २५ कि अम्मरा खत्री जंगलमा घाँस काटीरहेको अवस्थामा सोहि ठाउँका अन्दाजी २९ बर्षका अगबर सिह बोहराले बजेतिर पछाडीबाट लात्तिले हानी भिरबाट खसालेपछि खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

महिलालाई लात्तीले हानी भिरबाट खसालेको भन्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । प्रहरी नायव उपरिक्षक मनोहर प्रशाद भटटले पछाडीबाट लात्ती हान्ने बोहराको मानसिक सन्तुलन ठिक नभएको बुझिएको जानकारी जानकारी गराउदै भिरबाट खसालेपछि अगबर सिह बोहरा फरार रहेको जानकारी गराए ।

फरार अभियुक्तको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरी नायव उपरिक्षक मनोहर प्रशाद भटटले बताए ।


५ फागुन २०७७, बुधवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु