रिपोर्टिङका क्रममा कञ्चनपुरमा पत्रकारमाथि कुटपिट (भिडियोसहित)
आमहड्तालको रिर्पोटिङका क्रममा कञ्चनपुरमा पत्रकारमाथि कुटपिट भएको छ। प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको रिपोर्टिङमा रहेका पत्रकार मदन गिरीमाथि महेन्द्रनगर बसपार्कस्थित चम्मन चौकमा कुटपिट भएको हो ।
उनीमाथि पूर्व मन्त्री समेत रहेका नेकपाका नेता उर्वादत्त पन्त, भीमदत्त नगरपालिकाका पूर्व मेयर ईश्वरीप्रसाद खरेललगायतका नेताले लात्ता प्रहार गर्दै कुटपिट गरेका हुन् ।
हड्तालका कारण अलपत्र गरेका यात्रुहरुसँग कुराकानी गरिरहेका पत्रकार गिरीमाथि उनीहरु जाई लागेका थिए । खरेलले को हौ तिमी भन्दै दुर्व्यवहार गरेको र पूर्वमन्त्री पन्तले लात्ताले प्रहार गरेको उनले बताएका छन् ।
२२ माघ २०७७, बिहीवार १५:५४ बजे प्रकाशित































