डडेल्धुरामा बन्दकर्ताद्वारा प्रहरीमाथि आक्रमण, चौकी इन्चार्ज घाइते
डडेल्धुरामा नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेको छ। जिल्लाको भात्काँडा बजारमा बजार बन्द गराउँदै हिडेका बन्दकर्ताहरुले प्रहरीमाथि आक्रमण गरेका हुन।
उनीहरुले गरेको ढुंगा प्रहारबाट भात्काँडा प्रहरी चौकीका ईन्चार्ज अम्मरबहादुर खठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ढुंगा प्रहारबाट खठायतको खुट्टामा चोट लागेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। संवैधानिक निकायमा भएको नियुक्तीको विरोधमा बिहीवार प्रचण्ड–माधव समूहले देशव्यापी हड्ताल आव्हान गरेको छ।
२२ माघ २०७७, बिहीवार १६:३२ बजे प्रकाशित































