punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज मुख्यमन्त्री राइको बिहे

Chaupati
safha napa

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिबाह गर्दैछन् । आफूभन्दा ३० बर्ष कान्छी केटीसंग लगनगाँठो कस्न लागेका राईले आज दुलही भित्र्याउन लागेका हुन्।

मिस मङ्गोल शेर्पा २०१८ की बिजेता २० बर्षीय जाङ्मु शेर्पा र ५० वर्षका राईबीच आज एलिस रिसेप्सन गैरीधारा बालुवाटारमा विवाह कार्यक्रम हुँदैछ। बिबाहको निमन्त्रणा कार्डमा अपरान्ह साढे ३ बजे उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।

नेकपामा आएको विभाजनले मुख्यमन्त्री पद धरापमा परेका बेला राईले मुख्यमन्त्री रहँदै बिबाह गरेका हुन् । राईविरुद्ध नेकपाको प्रचण्ड – माधव निकटका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेपनि बिबाहलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको छ ।


११ माघ २०७७, आइतवार १४:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु